मिचिएको भूमि फिर्ताको माग सहित बागलुङमा प्रदर्शन

बागलुङ, ३१ बैशाख ।
लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा बागलुङमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ ।
बागलुङका नागरिक अगुवाहरुले नेपाली भूमि कालापानी, लिम्पीयाधुरा, लिपुलेक नेपालको भएकाले भारतीय अतिक्रमण बन्द गर्न चेतावनी दिएका छन् ।
विरोध प्रदर्शनीमा अधिवक्ता राम शर्माले नेपालको अस्मिता माथि भारतीय रवैया र भारतीय सरकारले नेपाली भुमि मिच्दै लिम्पीयाधुरा, लिपुलेकमा सडक निर्माण गरेको छ त्यो तत्काल फिर्ता गर्नुपर्ने बताए । अधिबक्ता शर्माले आफुहरुले नेपालको एक इन्च पनि भुमि नछोड्ने र अरुको एक इच्छ पनि भुभाग नचाहिँने बताए । ‘हामी हाम्रो भुभाग एक इन्च पनि छोड्दैनौं, हामीलाई अरुको भुभाग पनि चाहिँदैन, अधिवक्ता शर्माले भने–‘यस विशम परिस्थितिमा भारतले जुन निर्णय गरेको छ त्यो निर्णय तत्काल सच्चाओस् । नेपाल सरकारले भारतीय फौज र निर्णयलाई राष्ट्रिय र अन्तराष्ट्रियकरण गर्दै फिर्ता पठायोस् ।’

शर्माले सरकारले आफुहरुको कुरालाई सम्बन्धित ठाउँमा नपु¥याएमा आफै लिपुलेक जान तयार रहेको बताए ।’ अधिवक्ता शर्माले भने–‘सिमाना रक्ष ागन विर गोर्खाहरुले जसरी रक्षा गरेका थिए त्यो गर्न हामीहरु सक्षम छौं र सक्छौं ।’ उनले पहिलो चरणमा यो विरोध सानो आगोको झिल्को रहेको र यसले ठूलो रुप लिन सक्ने बताए ।
उक्त कार्यक्रममा सर्बसिद्धिधाम पञ्चकोका प्रतिनिधि अध्यक्ष ऋषिप्रपन्नाचार्यले आफुहरु विर नेपाली भनेर गित गाउने र बझ्ने गरेपनि नेपाल सरकारले केहि गर्न नसकेको बताए । उनले छिमेकी बलियो खालको रहेको र केहि भनेमा भोलीबाठ खाना बस्न नहुने हो की भन्ने डर सरकारलाई होला तर हामी जनतालाई त्यसखारको डर नभएकोले हामी जागरुक भएर उनीहरुलाई परास्त गर्न सकिने र गर्नुपर्ने बताए ।

‘व्रिटिसहरु लगायतका धेरै विदेशीहरुले हस्तक्षेप गर्दा पर्खाहरुले नजोगाएको भए हाम्रो देश, हामी नेपाली, भाषा र संस्कृतिहरु जोगिने थिएनन् र भयाबहको स्थिति हुन सक्थ्यो’ ऋषिप्रपन्नाचार्यले भने– अहिलेको आधुनिक समयमा पनि समयमै सचेत बनेनौं, जागेनौं र सुतिराख्यौंभने हाम्रो, देशको र सन्ततीको दुरभाग्य हुनेछ ।’ ‘बाघ हो तर स्यालको पछाडी लागेर बाघ विर्षेको होकी भने जस्तो हामी विर नेपाली त्यस्तै भएको हौंकी जस्तो लाग्छ,’ ऋषिप्रपन्नाचार्यले भने–‘५/६ महिना अगाडी चलेको हल्ला हामीले केहि गर्न सकेका छौनौं । यो कुरा पहिले गर्न सक्ने बेला थियो । न सरकारले सोच्यो न हामीले सोच्यौं त्यसैले अब सवै नेपाली एक जुट भएर लाग्न जरुरी छ ।
विरोध कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी र गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले  सिमा तत्काल फिर्ता नगरे अझै कडा विरोध गर्ने बताए । विरोध कार्यक्रममा बागलुङका सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here