
बागलुङ, ३१ बैशाख ।
बाँकेको नेपालगञ्जमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार धुलिखेल अस्पताल धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्ज वडा नम्बर ८ का ३६ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
मनत्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमित व्यक्तिको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।











