
बागलुङ, ३१ बैशाख ।
बागलुङ बजारमा रहेको मानव सेवा आश्रमलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको छ । डिभाइन युवा क्लब नेपाल बागलुङ शाखाले मंगलबार आश्रमलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण लाग्न नदिनको लागि आश्रलाई साबुन, सेनिटाइनर र माक्स वितरण गरिएको डिभाइन युवा क्लब नेपाल बागलुङ शाखाका सचिव सन्देश सुवेदीले जानकारी दिनुभयो ।
सचिव सुवेदीले आश्रममा रहेका बृद्ध, अपाङ्ग, बालबालिकाहरुलाई सुरक्षित रहनको लागि १० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग आश्रमकी अभियन्ता सुनिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।










