विरगञ्ज मजदुर लगेका बसका चालक सहित ७ जनाको स्वाब संकलन

बागलुङ, ३१ बैशाख ।
बैशाख ११ गते गल्कोट नगरपालिकादेखि पर्साको विरगञ्ज मजदुर लगेको बसका चालक सहित ७ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।

मंगलबार पर्सामा देखिएका ३९ जना कोरोना संक्रमित मध्ये १४ जना गल्कोटबाट गएका मजदुर रहेको पुष्टि भएसँगै उनीहरुलाई लगेको बस चालकलाई बागलुङ नगरपालिका–१ रामरेखाको क्वारेन्टिनमा राखि स्वाब संकलन गरिएको बानपा–१ का वडा सदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो ।

मजदुर लगेर गएको बसका चालक सहित भैरहवाको सुनौलीदेखि बागलुङ आएको ट्रकका १ जना चालक, २ जना सहयोगी, अर्घाखाचीदेखि आएका १ जना मजदुर र २० दिन अगाडीदेखि क्वारेन्टिनमा बसिरहेका २ जना मुस्लिमहरुको बुधबार विहान स्वाब संकलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

उनीहरु सवै बानपा–१ मा बस्दै आएका थिए । रामरेखाको मस्जितमा बस्दै आएका २ जनालाई सरकारले मस्जितहरु सिल गर्नाभनेपछि क्वारेन्टिनमा राखिएको थियो ।

स्तै पर्सा मजदुर पु¥याएर फर्केको बसको १ जना सहचालक र उसका २ जना साथी सहित सिमराबाट आएका १ जना मजदुरको बेलुका सम्म स्वाब संकलन गरिने स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।

बाँकी ४ जनाको स्वाब संकलन पछि परिक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here