
बागलुङ, ३० बैशाख ।
बागलुङ बजारमा रहेको नवजीवन मण्डली बागलुङले मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
मण्डलीका सदस्यहरुले व्यक्तिगत सहयोग संकलन गरि बागलुङ नगरपालिका, २, ३ र ४ का गरिव, विपन्न र मजदुर परिवारलाई मंगलबार राहत वितरण गरेको हो ।
मण्डलीले बानपा–२ का ४, ३ का ३० र ४ का ८ जनालाई खाद्यान्न वितरण गरेको हो । मंगलबार ३ ओटै वडामा पुगि ४२ परिवारलाई चामाल, तेल, दाल र अण्डा वितरण गरेको मण्डलीका पाष्टर प्रकाश जि.सी.ले जानकारी दिनुभयो ।

पाष्टर जिसीले बानपा–२ मा ४ परिवारलाई ४ हजार ९ सय ५० रुपैयाँको ५६.५ चामल, ५ किलो मसुरो दाल, ५ पोका तेल र ५० ओटा अण्डता वितरण गरेको बताउनुभयो । यस्तै बानपा–३ मा ३० परिवारलाई ५६ हजार ६ सय १५ रुपैयाँको ७१० किलो चामल, ३५ किलो मसुरो दाल, २६ लिटर तेल, ५२० ओटा अण्डा, ९ किलो कुखुराको मासु र १ ओटा ग्याँस सटही गरिदिएको पाष्टर जिसीले जानकारी दिनुभयो ।
यस्तै बानपा–४ मा ७ परिवारलाई १६ हजार बराबरको १९० किलो चामल, १० किलो दाल, साढे ८ लिटर तेल र ७ क्रेट अण्डा वितरण गरेको छ ।
मण्डलीका पाष्टर जिसीले संकटको बेलामा अति विपन्न परिवारहरुलाई राहत वितरण गरिएको बताउनुभयो । उहाँले कोरोना महामारीले विश्व आक्रान्त बनेको बेलामा धर्म, जाति, लिंगको आधारमा विभेद नगरि सवैलाई एउटै दुःख रहेकोले राहत वितरण गरिएको बताउनुभयो ।

पाष्टर जिसीले राहत वितरणको सम्पूर्ण खर्च मण्डलीका सदस्यहरुबाट संकलन गरिएको जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–२ मा राहत वितरण गर्दै वडा सदस्य अर्जुन घिमिरेले संकटको बेलामा एकले अर्कोलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले एकले अर्कोको दुःख बुझ्नुपर्ने बताउँदै नवजीवन मण्डलीले खाद्यान्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
वडासदस्य घिमिरेले लकडाउनको कारण दैनिक ज्यालामजदुरी गरि खाने मजदुर परिवारलाई समस्या भएकाले वडा कार्यालयले पनि राहत वितरण गरिरहेको जानकारी दिनुभयो ।










