पर्सामा कोरोना पुष्टि भएका मजदुरले गल्कोट–३ र ५ मा काम गर्थे

घनश्याम गौतम
गल्कोट, ३० वैशाख ।
पर्सामा मंगलबार कोरोना संक्रमण पुष्टि भएका १४ मजदुर गलकोटबाट गएको पाइएको छ ।

उनीहरुलाई गलकलोट नगरपालिकादे गत बैशाख ११ गते दुई वटा गाडीको व्यवस्थापन गरेर पर्सा पठाएको थियो । नगरपालिकाले अलपत्र परेको भन्दै गाडिको ब्यबस्थापन गरि गृह जिल्ला फर्केका थिए । उनिहरु गलकोटबाट बैशाख ११ गते फर्केपनि बैशाख १३ गते पर्सा पुगेको बताईएको छ ।

उनीहरु गल्कोट नगरपालिका वडा नम्बर ३ र ५ का विभिन्न फर्निचर उद्योग, घर तथा भवन निर्माण, रङरोगन र भौतिक संरचाना निर्माणको काम गर्दै आएको गलकोट नगरपालिकाका प्रवत्ता हिम बहादुर भण्डारीको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here