सीमामा पर्खाल लगाउन सबै पारिश्रमिक दिन तयार छुः सांसद गिरी

काठमाडौं, ३० वैशाख ।
नेकपा सांसद पदम गिरीले सीमामा पर्खाल लगाउनको लागि सांसद बापतको सबै पारिश्रमिक दिन तयार रहेको बताएका छन् ।

मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढेमा त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई दिन तयार रहेको र आफुले पनि सांसद बापतको प्राप्त हुने सबै पारिश्रमिक दिन तयार रहेको बताएका हुन् ।

उनले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । पर्वत जिल्लाको क्षेत्र नं. १ बाट विजयी भएका सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्‍वलाई भ्रममा राखेको पनि बताए । त्यस्तै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या छिटो समाधान गर्नुपर्ने उनको सुझाव थियो । नेपालले पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्ने बताए ।

भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएसँगै नेपालमा सडकदेखि सदनसम्म त्यसको चर्को विरोध भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here