
बागलुङ, २९ बैशाख ।
बागलुङ बजारदेखि गल्कोटमा खाद्यान्न लिएर जाँदै गरेको ट्याक्टर सोमबार विहान गल्कोट नगरपालिका–२ भुङ्खानीमा दुर्घटना भएको छ । दुर्घटनामा ट्याक्टर चालक घाईते भएका छन् ।
बागलुङ बजारदेखि ग्याँस र खाद्यान्न सामाग्री लिएर गल्कोट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक विक्रम विक सामान्य घाईते भएको गल्कोट नगरपालिका–२ का वडाअध्यक्ष हिमबहादुर भण्डारी (हेमन्त)ले जानकारी दिनुभयो ।
घाईते विकको गलकोटको हटिया स्थित आरोग्य हस्पिटलमा उपचार भएइरहेको छ ।
ट्याक्टर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । एकाविहानै दुर्घटना हुँदा स्थानिय, प्रहरी र जनप्रतिनिधिहरुको सक्रियातामा दुर्घटनास्थलबाट चालकको उद्धार गरि अस्पताल लगिएको थियो ।










