बागलुङ जेसीजद्वारा जेसीज गाउँ भकुण्डेलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग

बागलुङ, २८ बैशाख ।
बागलुङ जेसीजले जेसिज गाउँ बागलुङ नगरपालिका–१० भकुण्डेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले जेसीज बागलुङलाई प्रदान गर्नुभएको २ थान थर्मन गन, १० लिटर सेनिटाइजर र ४ सय थान सर्जिकल माक्समा जेसीजले १ थान थर्मन गन, ५ लिटर सेनिटाइटर र २ सय थान सर्जिकल माक्स स्वास्थ्य चौकीलाई सहयोग गरेको हो ।
बाँकी थर्मन गन, ५ लिटर सेनिटाइजर र २ सय थान सर्जिकल माक्स अन्य आवश्यक स्थानमा सहयोग गर्ने बागलुङ जेसिजले जनाएको छ ।
उक्त स्वास्थ्य सामाग्री प्रभु बैंकका सिईओ शेरचनले बागलुङ जेसीजका वर्ष २०२०/२१ अध्यक्षका सुरेन्द्र शाक्य र जेसिज गाउँ भकुण्डेकी प्रतिनिधि मुना थापा मगरलाई हस्तान्तरण गर्नुभएको थियो ।
सामाग्री हस्तान्तरणपछि बोल्दै सिईओ शेरचनले कोरोना महामारीबाट बच्नको लागि एक अर्को सहयोग गरेर अगाडी बढ्पनुपर्ने समय रहेको बताउनुभयो । उहाँले अहिलेको परिस्थितिमा अलिकति सक्षम रहेकाले अरुलाई सहयोग गर्नुपर्ने बताउँदै त्यसकै कारण आफुले केहि सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको बताउनुभयो ।
युवाहरुको एकता र सकरात्मक सोच रहेसम्म समाज परिवर्तन र देश परिवर्तन गर्न सकिने बताउदै शेरचनले अझै केहि समस्या र आवश्यकता परेको खण्डमा आफ्नो क्षेत्रबाट सधै सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बागलुङ जेसीजका वर्ष २०२०÷२१ अध्यक्षका सुरेन्द्र शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन महासचिव आनन्दप्रसाद रेग्मीले गर्नुभएको थियोभने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here