गलुङ, २५ बैशाख ।
काठेखोला गाउँपालिका–२, भीमापोखराका युवाहरुले बुद्धजयन्तीको अवसरमा दीप प्रज्वलन गरेका छन् । कोरोना विरुद्ध संघर्षमा ऐक्यबद्धता जनाउँदै बिहिबार साँझ मुल्ठानामा दीप प्रज्वलन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा संक्रमितको शीघ्रस्वास्थ्य लाभको लागि दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको थियो । सोहिअनुसार साँझ दीप प्रज्वलन गरेको इश्वर गौतले बताउनुभयो ।


दिप प्रज्वलनमा सहभागी हुँदै स्थानिय चन्द्रमणी उपाध्यायले विश्व महामारीको शान्तिको लागि युवाहरुले गरेको प्रयास सकारात्मक रहेको भन्दै धन्यवाद दिनुभएको थियो । दिप प्रज्वलनमा उपस्थित स्थानियले कोरोना अन्त्यको कामना गर्दै महामारी विरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मान व्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here