बागलुङ, २५ बैशाख ।
२५६४ औँ बुद्धजयन्तीका अवसरमा बागलुङमा दीप प्रज्वलन गरिएको छ । कोरोना विरुद्ध संघर्षमा ऐक्यबद्धता जनाउँदै बिहिबार साँझ बागलुङमा दीप प्रज्वलन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभको लागि दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको थियो । सोहिअनुसार साँझ जिल्लाका विभिन्न सरकारी कार्यालय र बजारका चोक र घरहरुमा दीप प्रज्वलन गरिएको हो ।

संयुक्त राष्ट्र संघले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरुको कदर गर्दै आजको दिनलाई ‘वैशाख दिवस’का रुपमा मनाउने गरेको छ । दीप प्रज्वलन जिल्ला प्रशासन कार्यालय बागलुङ, नेपाल टेलिकम बागलुङ, बागलुङ नगरपालिकाको कार्यालय अगाडी र बजारका चोकहरु र घरहरुमा गरिएको छ ।
फोटो फिचर


एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here