
जिवनकला खत्री ‘सरिता’
गल्कोट, २३ बैशाख
गलकोट नगरपालिका वडा नं ३ गौदी खोलामा आज दिउँसो साढे ४ बजे ट्रक दुर्घटना भएको छ ।
ताराखोला गाँउपालिकाबाट जोमसोम जादै गरेको ग १ ख ३६५४ नम्बरको मालबहाक ट्रक गौदीखोलामा दुर्घटना परेको हो । ट्रकमा सवार सवारी चालक राजु गुरुङ सहित अन्य २ जना सकुशल रहेको हटिया प्रहरी चौकीले जनाएको छ । सडक साघुरो र खोलामा पानीको ताल बनेकोले सडक नदेखिएपछि ट्रक खोलामा बनेको तालमा पल्टिदा डुबेको छ ।
ट्रक ताराखोला गाँउपालिकाबाट मुस्ताङको जोमसोम सल्लाको काठ लिएर जादै गर्दा गौदी खोलामा पल्टिएको बताईको छ । पल्टिएको ट्रक तालमा परेपछि ट्रकमा सवार ३ जनालाई स्थानियले उद्धार गरेका थिए । ट्रकलाई तालबाट जेसिभिको प्रयोग गरि निकाल्ने काम भईरहेको छ ।
गौदी खोलामा १ महिना यता ३ वटा सवारी डुवानमा परिसकेका छन् । दैनिक जसो पर्ने अविरल वर्षाका कारण गौदी खोलामा राखिएको हिमपाइप बुझिदा ताल बन्ने गरेको छ । खोलामा निर्माणाधिन अवस्थामा रहेको शिवालयघाट मोटरेवल पुलदेखी माथि ताल बन्दा दिनहु दुर्घटनाको जोखिम समेत बढ्दै गईरहेको छ ।
निर्माणाधीन मोटरेवल पुलको ढलान सम्पन्न भएपछि सटिङका सामाग्रीे लकडाउनका बिचमा रहेर पनि केहि दिन अगाडि खोलिएको छ । पुलको सटिङको सामाग्री खोलिएपनि खोलामा राखिएको हिमपाइप भने अझै झिकिएको छैन हिमपाइप नझिक्दा हिमपाइपमा खोलामा फाल्ने गरेको फोहोर जम्मा भएर बुझिदा ताल बन्ने गरेको छ ।
दैनिक जसो पर्ने अविरल वर्षाको कारण खोलामा ताल बन्दा गलकोटको मुख्य बजार हटिया समेत बाढिको उच्च जोखीममा परेको छ । खोलामा हिमपाइप बुझिदा खोला थुनियर बजारमा पस्ने सम्भाबना उच्च रहेको स्थानियको भनाई छ ।










