राजेशचन्द्र राजभण्डारी
बागलुङ, २३ बैशाख
हामी सेवा गर्छौं भन्ने उदेश्यले गठित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धौलागिरी बागलुङको लायन बर्ष २०२०–२१ का लागि अध्यक्षमा जयराम भारी चयन भएका छन् ।
धौलागिरि अन्चलकै सबैभन्दा पुरानो लायन्स क्लबमा लायन बर्ष २०२०–२०२१ को लागि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजन कुमार शाक्यले बताए ।
क्लबको प्रथम उपाध्यक्ष लायन ताल बहादुर कुँवर, द्वितिय उपाध्यक्ष लायन मुकेशचन्द्र राजभण्डारी, तृतिय उपाध्यक्ष लायन गणेश महतो, सचीव लायन राजेश भारी, कोषाध्यक्ष लायन शिव शंकर शाह र सह–कोषाध्यक्षमा लायन केशब सुवेदीलाई बैठकले चयन गरेको अध्यक्ष शाक्यले बताए ।
कोरोना भाइरस कोभिड–१९ लाई लक्षित गरि देशमा लकडाउन भएको कारणले लायन्स क्लबको नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रिया समेत प्रभावित बनेको कारणले ढिलो हुन पुगेको क्लबले जनाएको छ । बागलुङ जिल्लामा सामाजिक सेवाको क्षेत्रमा काम गर्नका लागि अहिले ८ वटा लायन्स क्लब क्रियाशील छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here