जिवनकला खत्री ‘सरिता’
गल्कोट (बागलुङ), २१ वैशाख ।
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण प्रत्येक वर्ष गलकोटको घुम्टेमा लाग्ने बैशाख पुर्णिमा मेला स्थगित भएको छ ।
गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आज भिडियो कन्फे्रस मार्फत बसेको बैठकले गलकोटको घुम्टेमा बैशाख पुर्णिमाका दिन गरिने सम्पुर्ण पुजाआज र सम्पुर्ण मेला स्थगित गर्ने निर्णय गरेको हो । सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्दै पुजा आज र मेला स्थागित गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । यस वर्ष बैशाख पुर्णिमा बैशाख २४ गते परेको छ । हरेक वर्ष बैशाख पुर्णिमाका दिन घुम्टेमा ठ्ुलो मेलाको आयोजना सँगै घुम्टेमा अवस्थित सिद्ध भैरवको मन्दिरमा पुजाआज गर्ने गरिदै आएको छ ।
बैठकले बैशाख पुर्णिमा अर्थात बैशाख २४ गतेका दिन सम्पुर्ण पर्यटक तथा श्रद्धालु भक्तजनहरुलाई घुम्टेमा नजान आग्रह गरेको छ । पुर्णिमा दिन गरिने पुजाआजलाई लकडाउन खुले सँगै देशको अवस्था सामान्य भएपछि उपयुक्त तिथिमिती अनुसार पुजाआजा गरिने भएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिनुभयो । केन्द्रले लकडाउनको समयमा घुम्टेमा नजानको लागि यस अघि नै सम्पुर्ण पर्यटकहरुलाई अनुरोध गरेको छ ।
केन्द्रले पुर्णिमाका दिन वा लकडाउनको समयमा घुम्टे नजान आग्रह गर्दै गलकोट नगरपालिका र ताराखोला गाँउपालिका र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने, घुम्टे जाने मुख्य नाका गलकोट नगरपालिका वडा नं ५ को टेउवा, हरिचौर वडा नं १० को पाण्डवखानी, वडा नं ७ को मल्म र ताराखोला गाँउपालिका वडा नं ३ हिलको नाकामा केन्द्रका पदाधिकारीहरुले पुर्णिमाका दिन निगरानी राख्ने लगायतका निर्णय गरेको केन्द्रका सचिव सेरबहादुर थापाले जानकारी दिनुभयो ।
केन्द्रले लकडाउनको समयमा घुम्टेमा पुजाआजा रोकिदा श्रद्धालुभक्तजनहरु प्रति पर्न गएको असर प्रति क्षमा याचना गरेको छ । यस सँगै बैशाख पुर्णिमाको अवसरमा लाग्ने गलकोट नगरपालिका वडा नं १० पाण्डवखानी सिद्धथानमा लाग्ने मेला समेत लकडाउनका कारण स्थगित भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here