बागलुङ, २० बैशाख ।
जिल्ला खेलकुद विकास समिति बागलुङका निवर्तमान अध्यक्ष धन बहादुर परियार र बागलुङ नगरपालिका–१ रामरेखाले बागलुङका खेलाडीहरुलाई राहत वितरण गरेको छ ।
कोरोना भाइरसको महामारीबाट खेलकुद प्रतियोगिताहरु अवरुद्ध बनेपछि बेरोजगार बनेका जिल्लाका १६ जना खेलाडीहरुलाई दैनिक उपभोग्य बस्तु वितरण गरेको हो । जिल्ला खेलकुद विकास समिति बागलुङका निर्वतमान अध्यक्ष परियार र बागलुङ नगरपालिका–१ रामरेखा वडा कार्यालयको सहयोगमा शनिबार चामल, दाल, नुन, तेल र साबुन वितरण गरिएको हो ।


कोरोना रोकथामको लागि सरकारले लकडाउनको घोषणा गरेपछि देशभरको जनजीवन प्रभावित बनेको छ । सोहि अवस्थामा आर्थिक संकट व्यहोरेका बागलुङ बजारमा रहेका खेलाडीहरुलाई राहत वितरण गरिएको निर्वतमान अध्यक्ष धन बहादुर परियारले जानकारी दिनुभयो ।

उहाँले २५ केजीका १६ बोरा चामल आफ्नो व्यक्तिगत र १ केजी दाल, १ केजी नुन, १ ओटा साबुन र १ पोका तेल बानपा–१ रामरेखाको वडा कार्यालयको सहयोगमा वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले बागलुङको अन्य ठाउँमा रहेका खेलाडीहरुलाई समस्या भएमा खेलप्रशिक्षकहरुले जानकारी गराई दिन समेत अनुरोध गर्नुभएको छ । निवर्तमान अध्यक्ष परियारले समस्यामा परेका खेलाडीहरुको लागि आफु र जिल्ला खेलकुद समिति बागलुङ सहयोगको लागि सधै तयार रहेको जानकारी गराउनुभयो ।


उसुका २, तेक्वान्दोका ८, कराँतेका ४, फुटबल र सुटिङ्गका १/१ जना खेलाडीहरुलाई राहत वितरण गरिएको बागलुङ नगरपालिका–१ रामरेखाका वडा सदस्य सुर्य लामिछानेले जानकारी दिनुभयो ।


राहत सामाग्री केहि खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा वितरण गरिएको थियोभने उपस्थित नभएका खेलाडीहरुको लागि प्रशिक्षकहरुलाई घरमै पुर्याईदिनको लागि जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष धन बहादुर परियार, बानपा–१ का वडाअध्यक्ष दुर्गाबहादुर बोहोरा र वडा सदस्य सुर्य लामिछानेले हस्तान्तरण गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here