अर्जुन कार्की
बागलुङ, १९ बैशाख ।
आज १३१ औं अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइदै छ । उसो त कोरोना भाइरसको महामारीको कारण लकडाउन जारी रहँदा श्रमिक दिवस मनाउने मजदूर वर्गको दैनिकी नै प्रभावित भएको छ । दैनिक मजदूरी गरि विहान–वेलुका हातमुख जोर्न बाध्य मजदूरलाई श्रमिक दिवस मनाउने कुरा त टाढाको विषय भएको छ ।
बागलुङ नगरपालिका–१ मा रहेको डम्पीङ साइटमा फोहोर छुट्याउने काम गर्ने मजदूरहरुलाई लकडाउनका कारण हातमुख जोर्न हम्मे हम्मै त परेको छनै अझ कोठा भाडा तिर्न साहुको दैनिक दबाबले मनमा पीडा बढेको छ ।
मजदुर दिवस के हो भन्ने समेत थाहा नभएको बताउने उनीहरुले अहिले दुखिको लागि कोहि नभएको गुनासो गरे ।


विगत विगत १२र १३ वर्षदेखि फोहोर छुट्याउने काम गर्दै आएकी माया लामाले शोकले भन्दा पनि भोक र रोगले मरिने चिन्ता बढेको बताइन् । कोरोना भाइरसको संक्रमणपछि भएको लकडाउनको कारण एक महीनासम्म फोहोर छुट्याउने काम बन्द हुँदा स्थानीय तहले दिएको राहतले गुजारा चलाएी उनले घरधनिले समेत भाडा छूट नदिंदा काममा फर्किन बाध्य भएको बताइन् ।
‘शोकलेभन्दा पनि भोक र रोगले मर्न लागिएको छ,’ उनले भनिन्, ‘अहिले फोहोर नआउँदा ठेकदारलाई पनि गाह्रो भएको हामीलाई पनि थाहा छ तर राहत कसैले नदिंदा गाह्रो भएको छ ।’ लकडाउनको बेलामा सरकारले घरभाडा छूट गर्न घरधनीलाई आव्हान गरेपनि आफ्नो घरबेटीले दैनिक भाडा माग्ने गरेको उनले बताइन् ।
कुश्मा नगरपालिका–१ मालढुंगा वस्ने उनले श्रीमानको मृत्युपछि घरमा चार जना परिवार पाल्दै आएकी उनले कवाडी संकलनबाट आउने मासिक रू. ८ हजार ५०० ले घरभाडा तिर्न, खान र लगाउन धेरै गाह्रो पर्ने गरेको बताइन् ।


‘मेरो श्रीमानको घर काठमाडौं हो तर काठमाडौंमा कहाँ हो भन्ने थाहा नहुँदा नागरिकता पनि बनेको छैन,’ उनले भनिन्, ‘नागरिकता नहुँदा न राहत पाइयो न सामाजिक सुरक्षा भत्ता ? एकल महिला देखेपछि सवैको हेला भइने रहेछ ।’
कालिगण्डकी नदीे किनारमा बस्दै उनी कयौंलाई बर्खा याममा कहाँ गएर बस्ने भन्ने अर्को समस्या छ । लामाले सरकारलाई प्रश्न गर्दै भनिन्, ‘बर्खाको बेलामा कहाँ गएर बस्ने भन्ने डर छ, न हामीलाई एउटा बस्ने बास बनाइदिन्छ, न खानको लागि पर्याप्त राहत नै दिन्छ, कहाँ गएर बस्ने, के खाने ?’
लकडाउनको बेलामा उनीहरुलाई आफुले खान नपाएकोमा जति दुःख छ त्यति नै आफुले पालेको बंगुरको आहारा नपाउँदा र तिनको विक्री नहुँदा भएको छ ।
डम्पिङ साइडमा काम गर्ने उनीहरुले सुरक्षा सामग्री प्रयोग नै गरेका छैनन् । ‘साहुले एक दिन किनिदिन्छ त्यो त्यहि दिन चेतिन्छ, लामाले भन्नुभयो–‘केहि संघसंस्थाले एक दिन आएर दिएपनि त्यो केहि दिनलाई हुन्छ त्यसैले जोखिम मोलेर काम गरिरहेका छौं ।’ लामाले हातमा काटेको दाग देखाउँदै भनीन सरकारवालाहरुले चासो नदिदा जोखिम मोलेर काम गरिरहेका छौं ।
३ बर्षदेखि काम गर्दै आएकी अर्को महिलाले भनीन्–‘अहिले लकडाउनको कारण फोहोर संकलन गर्ने सवारीले ३÷४ दिनमा मात्र ल्याएको हुन्छ त्यहि पनि माटो ल्याउछ, दाना खोज्न पनि सकेको छैनौं । लकडाउनको बेलामा बंगुर पालन गर्ने उनीहरुले फोहोरमा दाना नपाइने र पसलमा १५ सयको चापडलाई २५ सय भन्ने गर्दा समस्या रहेको बताए । ‘फोहोरमा दाना छैन, पसलमा दाना किन्दा महंगो छ,’ उनले भनीन्–‘बंगुरको एउटा पाठो बेच्दा पसलमा तिर्दा ठिक्क हुन्छ घर कसरी चलाउने ?’


यता डम्पिङ साइटमा कवाडी संकलन गर्ने ठेक्का पाएका भारतका संजय कुमारले सुरक्षा सामाग्री किनिदिए पनि एकै दिनमा फाल्ने गरेको बताए । उनले डम्पिङ साइडबाट कवाडी सामान संकलन गर्ने कामदारहरुलाई माक्स, पन्जाहरु दिएपनि अफठ्यारो हुने गरेको भन्दै फाल्ने गरेको बताए ।
कुमारले धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थासँग बार्षिक ४ लाख ५० हजार रुपैयाँमा ठेक्का सम्झौता गरि कवाडी सामाग्री संकलन गरिरहेको जानकारी दिए । उनले ८ जना कामदार राखेर कवाडी संकलन गर्ने गर्दै आएको जानकारी दिए । महिलालाई ८ हजार ५ सय र पुरुषलाई ११ हजार ५ सय रुपैयाँको दरले मासिक ज्याला दिने गरेको बताउने कुमारले पुरुषले गाडीमा कवाडीहरु लोड गरिदिने भएकाले धेरै ज्याला भएको बताए । २ जनाले ठेक्का ल्याएका उनीहरुले आफुले पनि काम गर्दा मासिक १ जनालाई १६, १७ हजार नाफा गर्ने गरेको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here