
शिब बोहोरा
म्याग्दी, १९ बैशाख ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को दिन प्रतिदिनको तिव्र प्रभावका कारण मानव जिवनको अमूल्य चोला तरंगीत भएको छ । कोरोना भाइरसका कारण देशका विभिन्न जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगुका बिरामी बढन थालेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका ३० बर्षिय एक यूवामा डेंगु पोजेटिभ देखिएको छ । उच्च ज्वरो आउने, शरिरमा जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने क्रममा एकजना युवामा डेंगुरोगको संक्रमण भेटिएको बेनी अस्पतालले जनाएको छ ।
बेनी अस्पतालमा उपचारर्थ बिरामीमा डेंगुको संक्रमण देखिएको बेनी अस्पतालका डा।मनोज घिमिरेले बताउनु भएको छ । म्याग्दी जिल्लामा डेंगुको संक्रमणबाट जोखिन बढन थालेको छ । बैशाख ८ गते मंगला गाउँपालिका–५, अर्मनका ३२ वर्षीय युवामा उच्च ज्वरो, जोर्नी दुख्ने तथा जाडो हुने जस्ता लक्षणहरु देखिएपछि ल्याब परीक्षण गर्दा डेंगुरोग र स्क्रबटाईपसको संक्रमण पोजिटिभ देखिएको थियो ।
डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्ने डा। अजय गौतमले बताउनुभयो । गतवर्ष म्याग्दी जिल्लामा १२ जनामा डेंगुरोग तथा एक महिलामा स्क्रबटाईपसको संक्रमण भएको थियो । दुवै रोगबाट उच्च ज्वरो आउने लगायतका लक्षण देखिने भएकाले पनि अहिलेको समयमा कोरोनाको जोखिम भन्दै त्रसित हुने गरेको समेत पाइएको छ ।










