सामुदायिक विद्यालयले नतिजा प्रकाशन सुरु गरे

बागलुङ, १८ बैशाख ।
लकडाउको कारण लामो समयदेखि बन्द रहेका बागलुङका सामुदायिक तथा निजी विद्यालयहरुले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाफल प्रकाशन सुरु गरेका छन् ।
नगर तथा गाउँपालिकाले सामाजिक दुरी कायम गर्दै वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिए पछि बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका विद्यालयहरुले नतिजा प्रकाशन गर्न सुरु गरेका हुन ।
लकडाउनको नियम सामाजिक दुरी कायम गर्दै नतिजा प्रशासन गरी प्रकाशित नतिजा विद्यालयका सूचना पाटी तथा सामाजिक संजाल मार्फत प्रकाशन गरिएको छ । वार्षिक परीक्षा सकिए लगतै लकडाउन भएको कारण परीक्षाको कापी परीक्षण शिक्षकहरुले घरमै गरेका थिए ।
नगरपालिकाको निर्देशन लगतै परीक्षाफल प्रकाशन गरेर सामाजिक संजाल मार्फत विद्यार्थी तथा अभिभावकलाई जानकारी दिएको मुलपानी माविका शिक्षक हेम शर्मा पौडेलले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here