कमल पौडेल
बागलुङ, १८ बैशाख ।
बडिगाड गाउँपालिकाको बहुप्रतिक्षीत खर्वाङ–शिसाखानी–पाण्डवखानी सडक खण्ड निर्माण कार्य सुरु भएको छ ।
भौतिक मन्त्रालय अन्तरगत सडक डिभिजन कार्यालय बागलुङ मातहत संसद विकास कोषमार्फत विनियोजित १ करोड रकममा सो सडक खण्डको कार्य सुरु भएको हो । सो सडक निर्माणको लागि एसि कन्ट्रक्सनले ५४ लाख पन्ध्रहजार छ सय मा विड गरेको र सोहि अनुसार निर्माण सुरु भएको सोहि साइट हेर्ने इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभएको छ ।
१० वर्ष अगाडिबाटै सडक खन्न सुरु भएपनि पर्याप्त वजेट अभावमा सम्पन्न हुन सकेको छैन । खर्वाङबाट ८ किलोमिटर दुरीमा शिसाखानीको भलामी पुग्न सकिने भएपनि सडक अभावमा स्थानिय रिघा तथा दगातुन्डाडाको घुमाउरो बाटो हिँड्न वाध्य भएका छन् । हालसम्म सडकको झण्डै ४ किलोमिटर भाग सम्पन्न भएको छ । यस वर्ष वाँकी सडक पुरा गर्ने भन्दै पहिलो चरणमा १ करोड र दोश्रो चरणमा २ करोड वजेट विनियोजन गरिएको सांसद देवेन्द्र पौडेलले बताउनु भएको छ ।


सडक डिभिजन कार्यालय अन्तरगत नै थप २ करोडको टेन्डर आह्वान गर्ने तयारी भएपनि लकडाउनका कारण समस्या भएको र प्रक्रिया अगाडि वढाउन नसकिएको इन्जिनियर श्रीसले बताउनु भएको छ । पहिलो चरणको रकमबाट सडक निर्माण हुन थालेपछि खुसि भएका स्थानिय सडक पुरा नहुने होकी चिन्तामा छन् । वाँकी २ करोडको काम हुन पाए भलामी जोड्न सकिने तर अहिले कार्य सुरु भएको रकमले झण्डै १ किलोमिटर मात्रै सडक थप हुने इन्जिनियर श्रीसले बताउनु भएको छ ।
सम्झौता अनुसार सडकको २८ हजार घनमिटर नयाँ माटो÷ढुङ्गा कटिङ गरिने र वाँकी काम स्टक्चरको हुने निर्माण कम्पनिको तर्फवाट मेख बहादुर पाइजाले जानकारी दिनुभएको छ । सो सडक निर्माण भए बडिगाड गाउँपालिकाको वडा नं. २, १, नेपाने, ३ शिसाखानी सहित गल्कोट नगरपालिकाको पाण्डवखानी र रिघा वासी समेत प्रत्यक्ष लाभान्वित हुने देखिन्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here