बागलुङ, १८ बैशाख ।
प्रेस युनियन बागलुङले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई माक्स, सेनिटाइजर र ज्याकेट वितरण गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै युनियनले पत्रकारहरुलाई सुरक्षा सामाग्री सहयोग गरेको हो ।
युनियनले नेपाल पत्रकार महासंघ बागलुङ मार्फत जिल्लामा क्रियाशिल पत्रकारहरुलाई १ सय ५० ओटा माक्स, २० ओटा सेनिटाइजर र १० ओटा प्रेस ज्याकेट वितरण गरेको हो ।
कोरोना भाइरसको महामारीको बेलामा सूचना प्रवाहको लागि पत्रकारहरु स्वास्थ्यकर्मी सहित पहिलो लाइनमा रहेर जोखिमबहन गर्दै रिपोर्टिङ गर्नुपर्ने भएकाले स्वास्थ्य सामाग्री सहयोग गरिएको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तले जानकारी दिनुभयो ।


पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले कोरोना संकटको बेलामा फिल्डमा गएर समाचार संकलन गर्न सहज वातावरण गराउन सहयोग गरेकोमा युनियनलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले महासंघले तीन चरणमा सुरक्षा सामाग्रीहरु प्रदान गरिसकेको र लकडाउनले अफठ्यारोमा परेको पत्रकारहरुलाई राहत वितरणको लागि पत्रकार कल्याणकारी कोषमा रकम थप गरेर सहयोग संकलन गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य दिलिप पौडेल नेपालमा कोरोना न्यूनिकरणको लागि पहिलो लाइनमा रहेर पत्रकारलाई जनतालाई सूसुचित गरेको बताउनुभयो । उहाँले मिडियाको कारणले आम नागरिक दुरी कायम गरि बसेको कारण नेपालमा भाइरस महामारीको रुपमा नफैलिएको बताउनुभयो ।
प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रमको संचालन सचिव नारायण रिजालले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here