बागलुङ, १६ बैशाख ।
बागलुङको मुख्य नाका मालढुंगाबाट जिल्लामा भित्रिने सवारी साधनलाई ‘डिस्इन्फेक्सन’ गर्न सुरु गरिएको छ । बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले आफ्नै खर्चमा ‘डिस्इन्फेक्सन स्प्रे’ निर्माण गरि जिल्ला भित्रिने सवारी साधनलाई संक्रमण रहित गर्न सुरु गरेको हो ।
बागलुङमा भित्रिने सवारी साधनहरुलाई स्प्रे मार्फत मालढुंगामा संक्रमण रहित गरिने छ । बागलुङ नगरपालिकाको व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा डिस्इन्फेक्सन गरिने नगरपालिकाको स्वास्थ्य शाखाका कोरानो नियन्त्रण फोकलपर्सन दिनेश जिसीले बताउनुभयो ।
उहाँले बागलुङ बाहिरबाट कोभिड–१९ को संक्रमण भित्रिन नसकोस् भनेर समाजिक उत्तरदायित्व अन्तरगत यस्तो काम गरिएको बताउनुभयो । सावारी साधनबाट पनि कोरोना भित्रिने खतरा रहेकाले त्यसको रोकथामको लागि स्प्रे निर्माण गरिको उहाँले बताउनुभयो । उक्त स्प्रे २० हजार रुपैयाँको लागतमा निर्माण गरेको जिसीले बताउनुभयो ।
(भिडियो)

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here