
बागलुङ, १४ बैशाख ।
धौलागिरी फोहोर व्यवस्थापन तथा वाताबरण सहकारी संस्थाले फोहोर संकलन र विसर्जनको विषयमा बागलुङ नगरपालिकासँग विगतमा भएको सम्झौताका सर्तहरु संशोधन गर्न तयार भएको छ ।
बागलुङ नगरपालिकाले सहकारीसंगको सम्झौता रद्द गर्ने प्रक्रिया अन्तर्गत बैशाख १२ गते सम्झौता किन रद्द नगर्ने भनेर पठाएको पत्रको जवाफ दिँदै सहकारीले सम्झौता अनुसार नै फोहोर संकलन गरेको तथा सम्झौताका कुनै शर्तहरु संशोधन गर्नपर्ने भए छलफलको लागि तयार भएको जवाफ पठाएको हो ।
सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले बागलुङ नगर कार्यापालिकाको कार्यालयलाई सम्बोधन गर्दै ‘सम्झौता नवीकरण सम्बन्धमा’ पठाएको पत्रमा सम्झौतामा थपघट गर्न आवश्यक देखिएमा दुवै पक्ष बसी संशोधन गर्न आफुहरु तयार भए पनि नगरपालिकाको तर्फबाट कुनै अमुक सहकारीसँग मर्जर गर्ने भए मात्र सम्झौता नवीकरण गरिदिने मौखिम आएको पत्रमा उल्लेख गरिएको छ ।
‘प्रमुख प्रशासकीय अधिकृतले नगरप्रमुख र नगरप्रमुखले प्रशासकयि अधिकृत तफए सोझाउने काम भएको छ’ पत्रमा लेखिएको छ– ‘छलफलको लागि पटक पटक ताकेता गर्दा समेत आलटाल मात्र हुन्छ ।’
नगरपालिकाको परामर्शमा अनुसार नै फोहोर संकलनको रुट तय गरी सोही रुटमा फोहोर संकलन गरिरहको साथै नागरिपालिकाले उपलब्ध गराएको दररेट फोहोरमैला दस्तुर संकलन गर्दै आएको पत्रमा दावी गरिएको छ ।
पत्रमा सम्झौता बमोजिम नगरपालिकाले सवारी मर्मत तथा जनशक्ति उपलब्ध नगराए पनि संस्थाको आफ्नो स्वामित्वमा रहेको आईचर ट्रिपर र भाडामा ट्याक्टर तथा करार जनशक्ति लिएर फोहोर संकलन तथा व्यवस्थापनको कार्य निरन्तर गरेको उल्लेख गरिएको छ ।
गत चैत्र १२ गते ट्रिपट विग्रेको र १५ गते साँझमात्र बनेको हुँदा १६ गतेबाट आईचर ट्रिपर मार्फत फोहोर संकलनको काम निरन्तर भएको पत्रमा दावी गरिएको छ । सहकारीले सम्झौता रद्द गर्नु नपर्ने कारणहरु ६ बुद्दामा पेस गरेको छ ।
बागलुङ नगरपालिकाले बैशाख १२ गते महालेखा परिक्षणको प्रतिवेदनलाई आधार मानि सवारी मर्मत खर्च र कर्मचारी खर्च नगरपालिकाले उपलब्ध गराउने आम्दानी सहकारीले गर्ने बुद्दालाई उल्लेख गर्दै बेरुजु असुल तथा फोहोर संकलन अनियमित भए पछि सम्झौता रद्दको विषयमा स्पष्टिकरण सोधेको थियो ।
सहकारीले नगरपालिकासँगको मुल सम्झौता बुद्दा १०.५ हालसम्म संशोधन नभएको र खारेज समेत नभएको अवस्थामा उक्त बुँद्दा बमोजिम नगरपालिकाले जनशक्ति उपलब्ध गराएको र प्रथम संशोधन २ मा उल्लेखित संशोधन बुद्दा नम्बर १०.६ ख अनुसार नगरपालिकाको सवारी साधन मर्मत नगरपालिका कार्यालयबाट नै हुनुपर्ने व्यवस्था छ उल्लेख गर्दै महालेखा परीक्षकको कार्यालयको मस्यौदा प्रतिवेदनमा बागलुङ नगरपालिकाको तर्फबाट सुझाव दिन मनासिव देखिन्छ जवाफ पेस गरेको छ ।
बागलुङ नगरपालिकाले फोहोर संकलनका खट्न कर्मचारीको तलब भत्ता र प्रयोग हुने सवारीको मर्मत खर्च बहन गर्ने गरी सहकारीले २०७२ सालदेखि बजार क्षेत्रको फोहोर संकलन र विर्सजन गर्ने सम्झौता अनुसार काम गर्दै आएको छ ।










