काेराेना संक्रमितकाे संख्या ५२ पुग्याे

बागलुङ, १४ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आईतबार साँझ झापामा थप एक जनालाई भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन् ।
यस्तै १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here