स्वीकृति विना राहत बाँडे कार्वाही हुन्छः काठेखोला गाउँपालिका

बागलुङ, १४ वैशाख
बागलुङको काठेखोला गाउँपालिकाले गाउँपालिकाको पूर्वस्वीकृति विना राहत वितरण गरे कार्वाही गर्ने चेतावनी दिएको छ ।
गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले आईतबार एक विज्ञाप्ती जारी गर्दै सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने घोषण गरे पनि केही संघ संस्था तथा व्यक्तिहरुले सो नियम पालना नगरी राहत वितरण गरेको पाइएको त्यस्तो नगर्न आग्रह गर्नुभएको हो ।
आगमी दिनमा गाउँपालिकाको पूर्व स्विकृती विना राहत वितरण गरेमा कानुन बमोजिम कार्वाही हुने विज्ञाप्तीमा उल्लेख गरिएको छ । सहयोग गर्न चाहने महानुभावहरुलाई काठेखोला गाउँपालिका वा वडा कार्यालयमा स्थापना भएका फुट बैंकमा राहत सामाग्री जम्मा गर्नु अनुरोध गरिएको छ ।
गाउँपालिकाले स्थाइ ठेगाना काठेखोला भएको र विभिन्न कामको सिलसिलामा गाउँपालिका बाहिर रहेका नागरिकहरुलाई सोही स्थानमा सुरक्षित भएर बस्न आग्रह गरेको छ ।
गाउँपालिकाले पालिका बाहिर रहेका नागरिकहरुलाई केही समस्या भए गाउँपालिकामा सम्पर्क गर्न वा पालिकाले तयार गरेको कोभिड–१९ अनलाईन फारम भरेर जानकारी गराउनु आग्रह गरेको छ । समस्यामा परेका नागरिकहरुलाई सोही स्थानमै राहत पु¥याउने बताइएको छ ।
विज्ञप्तीमा लकडाउनको समयमा कुनै व्यक्ति गाउँपालिकाले बाहिरबाट आएको खण्डमा गाउँपालिका वा वडा कार्यालयलाई पूर्व जानकारी गराई पालिकाले निर्माण गरेको क्वारेन्टाइन वा होम सेल्फ क्वारेन्टाइनको नियमहरु पालिलना गरि र स्वघोषणा पत्रमा सही छाप गरि सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here