कोरोना संक्रमित मुक्त बागलुङलाई जिल्ला बाहिरबाट आएका नागरिकको डर

नविन शिशिर
बागलुङ, १३ बैशाख ।
युरोपको भ्रमण सकेर गत चैत्र ४ गते घर फर्केका बागलुङका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछि सरकारले बागलुङ जिल्लालाई कोरोनाको जोखिम युक्त क्षेत्र घोषण ग¥यो ।
कोरोना संक्रमण पुष्टि भए पछि चैत्र १५ गतेदेखि १९ वर्षिय युवतीलाई र चैत्र २० गते ६५ वर्षिय महिलालाई धौलागिरी अंचल अस्पतालको आईसोलेसन कक्षमा राखेर उपचार सुरु गरियो ।
स्वास्थ्य कार्यालय बागलुङले कोरोनाको जोखिम युक्त क्षेत्र घोषण पश्चात चैत्र एक गतेदेखि यता विदेशबाट जिल्ला भित्रिएका नागरिकहरुको ¥यापिट टेष्ट मार्फत स्वास्थ्य परीक्षण गरियो । दश वटै स्थानीय एक हजार १०६ जनाको ¥यापिट टेष्ट मार्फत स्वास्थ्य परीक्षण गरियो । सबैको परिपोर्ट नेगेटिभ आए पछि जिल्लावासीलाई केही राहतको महसुस भयो ।
दुवै जना संक्रमितको परिवार सदस्य, उनीहरुसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको ‘स्वाव’ परीक्षण रिपोर्ट पनि नेगेटिभ आए पछि जिल्लामा कोरोना संक्रमण पहिलो चरणमा सिमित रहेको तथ्य प्रमाणित भयो । विदेशबाट आएका दुई जनाबाट अन्य व्यक्तिमा कोरोना संक्रमण फैलिन पाएन ।
जिल्लाव्यापी ¥यापिट टेष्ट चलि रहँदा बानपा–३ गौडाकोटकी ६५ वर्षिय मनकुमारी पौडेल जसले उच्च रक्तचाप, दम जस्ता समस्याको नियमित औषधी सेवन गर्दै आउनुभएको थियो बागलुङको दोस्रो संक्रमित भए पनि कोरोनालाई पराजित गर्दै बैशाख ६ गते पहिलो कोरोना मुक्त भएर धौलागिरी अंचल अस्पतालबाट हुनुभयो ।
मनकुमारी भन्दा एक साता अघि आईसोलेसनमा रहेकी अंश सापकोटाको त्यसको एक हप्ता पछि मात्रा नेगेटिभ रिपोर्ट आयो र बैशाख १२ गते शुक्रबार उनी पनि हँसिलो मुहार लिँदै घर फर्केकी छन् । शनिबारसम्म बागलुङमा नयाँ संक्रमित भेटिएका छैनन ।
बागलुङमा हालसम्म भएको स्वास्थ्य परीक्षणबाट आएको सकरात्मक रिजल्ट र दुवै जना संक्रमितको सफल उपचारले बागलुङ जिल्ला कोरोना संक्रमणको पहिलो चरणबाटै पार पाउने अवस्थामा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको भनाई छ ।
बागलुङ जिल्ला तत्काललाई कोरोना संक्रमण मुक्त भए पछि पछिल्ला केही दिनमा यता जिल्ला बाहिरबाट आएका नागरिकहरुलाई अनिवार्य क्वारेन्टिनमा नराखे जोखिम कायम रहने कार्यालय प्रमुख गुरौको भनाई छ ।
बागलुङमा राजधानी काठमाण्डौ तथा विभिन्न सहरमा रहेका नागरिकहरुलाई जिल्लाका सांसदहरुकै पहलमा घर फर्काउने काम भैरहेको छ । ठूलो संख्यामा जिल्ला भित्र्यिका नागरिकको जोखिम बढ्दै गएको भन्दा नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
बाहिर जिल्लाबाट भटाभट नागरिक बागलुङ भित्रिए पछि पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले सामाजिक संजाल मार्फत जिल्ला र गाउँ भित्रिएका मानिसको दृष्यले कोरोनाको अझै जोखिम बढेको उल्लेख गर्नुभएको छ । उहाँले स्थानीयको भूमिका र निगरानी बढाउनुपर्ने बताउनुभएको छ ।
सांसदहरुले स्थानीय तहसँग पर्याप्त समन्वय नगरी नागरिकहरुलाई जिल्ला भित्र्याए पछि स्थानीय तहका जनप्रतिनिधिहरुले आश्चार्य प्रकट गरेका छन् । बानपा–८ सिगानाका वडाध्यक्ष राजन जिसीले सामाजिक संजालमा लेख्नुभएको छ–‘ कोरोना कहरबाट शान्त भईसकेको सामाजिक बातवरण लाई बिथोल्ने काम भयो कस्को आदेश हो ?
जिल्ला भित्रेका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा राख्नुपर्ने नागरिक अगुवाहरुको माग रहेको छ । होम क्वारेन्टिनको नियम बमोजिम बस्न सके मात्रा कोरोनाको संक्रमण नियन्त्रण गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख गुरौको भनाई छ । जिल्लालाई बाहिरी जिल्लाबाट आएका नागरिकको त्रास भएको उहाँले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here