कोरोनालाई जितेर २८ दिनमा घर फर्किन कुँडुलेकी १९ बर्षिय युवती


 बागलुङ, १२ बैशाख ।
धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरसको संक्रमणभई उपचाररत १९ बर्षिय अन्सु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनको पाँचौं र छैठौं पटकको स्वाब परीक्षणको रिपार्ट ‘नेगेटिभ’ आएपछि उनलाई आज (शुक्रबार राती १० बजे) डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनको पाँचौ र छैठौं स्वाब परीक्षणको रिपोर्ट बिहिबार र शुक्रबार आएको होे ।
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भइ कतार एयरवेजको विमानबाट नेपाल आएकी उनलाई १५ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सवार विमानमा आएकी काठमाडौंकी १९ बर्षिय युवतीलाई भाइरसको संक्रमण पुष्टि भएपछि उनको स्वाब परीक्षण गरिएको थियो ।
यससँगै अस्पतालमा कोभिड–१९ पोजेटिभ भएर आइसोलेसनमा उपचाररत दुवै जना निको भई डिस्चार्ज भएका छन् । ती युवतीसँगै बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेल ६ बैशाखमा निको भइ घर फर्कि सकेकी छिन् । युवतीलाई कोरोना पोजेटिभ देखिएपछि पौडेलको स्वाब परीक्षण गरिएको थियो । उनलाई चैत २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । पौडेल अहिले कोरोनालाई जितेर होम क्वारेन्टाइनमा रहेकी छिन् ।
घर फर्कने क्रममा उनले कोरोना जित्नुमा आत्मविश्वास, धैर्यता र र सन्तुलित खाना भएको बताईन । मेलै धेरै तातो पानी खाए, अरू औषधी केही थिएन उनले भनिन आत्मबल नै औषधि रहेछ । उनले अस्पतालमा उपचार गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here