
बागलुङ, १२ बैशाख ।
बागलुङ नगरपालिका बागलुङले बजारको फोहोर संकलन तथा विसर्जनको जिम्मेवारी लिएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थासँगको सम्झौता रद्द प्रक्रिया सुरु गरेको छ ।
कोरोना भाइरस संक्रमणको जटिल परिस्थितीमा समेत सहकारील बजार क्षेत्रको फोहोर संकलनमा नगरेको व्यापक जनगुनासो आए पछि सम्झौता रद्द गर्ने प्रक्रिया सुरु गरेको हो ।
बागलुङ नगरपालिकाले फोहोर संकलनका खट्न कर्मचारीको तलब भत्ता र प्रयोग हुने सवारीको मर्मत खर्च बहन गर्ने गरी सहकारीले २०७२ सालदेखि बजार क्षेत्रको फोहोर संकलन र विर्सजन गर्ने सम्झौता अनुसार काम गर्दै आएको छ ।
सहकारीले विभिन्न बहाना बनाउँदै फोहोर संकलन नगरे पछि नगरपालिकाले शुक्रबार फोहोर मैला संकलन तथा व्यवस्थापन सम्बन्धी २०७२ फागुन १० गतेको सम्झौता यथास्थितमा कायम राखि रहनुका कुनै औचित्य नदेखिएकाले सो सम्झौता किन रद्ध नगर्नु पर्ने हो ? रद्द गर्न नपर्नुका कारण सतिह पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लेखि पठाउनु पत्रचार गरेको छ ।
विषम परिस्थितीमा फोहोर संकलन नगर्दा थप जटिलता सृजना हुने र जिम्मेवारी संस्थाले विभिन्न बहाना बनाएर नगरपालिकालाई नै दोषी देखाई जिम्मेवारबाट हटेपछि पत्र काट्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत डण्डापानी शर्माले बताउनुभयो ।
महालेखा परीक्षकको प्रतिवेदलाई आधार मानी फोहोर मैला व्यवस्थापनका लागि बानपाबाट कुनै अतिरिक्त खर्च गर्न नसकिने त्यस संस्थाबाट कर्मचारी तथा साधन मर्मत नभएको बहाना बनाई फोहोर मैला उठाउने कार्य नियमित नगर्न, फोहोर मैदा संकलन तथा फोहोरमैला शुल्क सम्बन्धमा जनगुनासो आइरहने, फोहोर मैला नउठेका जनगुनासा आएको कारण सम्झौतामा पुनःविचार गर्नुपर्ने अवस्था आएको पत्रमा उल्लेख गरिएको छ ।
फोहोर संकलन नभएको जनगुनासो आए पछि चैत्र १५ गते नगरपालिकाले पत्र मार्फत फोहोर मैला उठाउनको लागि पत्राचार गरे पनि सहकारीले समयमा फोहोर नउठाएपछि नगरपालिको ट्रयाक्टर भाडामा लिई फोहोर संकलनको काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
नगर कार्यापालिकाको चैत्र १५ गतेको बैठकले फोहोर मैला संकलन सहकारी संस्था बागलुङले पटक पटक मौखिम एवं लिखित रुपमा पत्रकार गर्दा समेत फोहोर नउठाएको चैत्र १६ गतेसम्म पनि फोहोर नउठाएमा वा उठाउन चासो नदेखाएमा बागलुङ नगरपालिकाले उक्त संस्थासँग सम्झौता भंग गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।
बैठकले बागलुङ नगरपालिका स्वयले फोहोर संकलन तथा व्यवसथापनको कार्य मिलाउने भनी निर्णय समेत गरेको थियो । नगरपालिकाले फोहोर व्यवस्थापनको लागि खटिने कर्मचारीको तलब र ना २ त ९४४४ नम्बरको ट्याक्टर तथा ग १ प १३१ को ट्रिपरको मर्मत खर्च समेत जिम्मेवारी लिँदै आएको छ ।
फोहोर संकलन बापतको रकम सहकारीले लिने तर कर्मचारीको तबल र सवारी मर्मत खर्च नगरपालिकाले ब्योहोर्नु उपयुक्त नदेखिएको भन्दा महालेखा परीक्षकको कार्यालयले नगरपालिकालाई बेरुजु खर्च असुल गर्न गर्नुपर्ने उल्लेख गरेको छ ।
महालेखा लेखा परीक्षणकाको कार्यालयले दिएको प्रतिवेदन अनुसार नगरपालिकाले सहकारीलाई २०७६ माघ २० गते पत्र मार्फत वेरुजु तथा सम्झौता पुनरावलोकन गर्ने सम्बन्धमा पत्र पठाएको थियो ।










