कोरोना भाइरस अपडेटः नेपालमा संक्रमितको संख्या ४८, निको हुने १० जना

काठमाडौं, १२ वैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । बिहिबार बेलुका भोजपुरमा पनि कोरोना भाइरस संक्रमित भेटिएसँगै संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।
संक्रमित ४८ जना मध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here