
बागलुङ, ११ बैशाख ।
बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ । हिजो एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै निको हुनेको संख्या ९ पुगेको छ । आज पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए ।
चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।










