बागलुङ, १० बैशाख ।
कोरोना संक्रमितको उपचारको लागि बागलुङमा १६ वेडको आइसोलेसन वार्ड तयार गरिएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बागलुङ जिल्लाभर १६ वेडको आइसोलेसन कक्ष तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
मंगलबारसम्म धौलागिरी अञ्चल अस्पतालमा ८ बेड, मुक्तिनाथ अस्पतालमा २ बेड, निलगिरी अस्पतालमा ३ बेड, सफल पोलिक्लिनिकमा १ बेड र गल्कोटको आरोग्य अस्पतालमा २ बेडको आइसोलेसन वेड तयारी अवस्थामा रहेको बताउनुभयो ।
यस्तै बागलुङ जिल्लाभर २ सय ३९ वेडको क्वारेन्टाइन तयारी अवस्थामा रहेका छन् । बागलुङका दश वटै स्थानीय तहले क्वारेन्टाइन निर्माण छन । बागलुङमा २ जनालाई कोरोना संक्रमण पुष्टि भए पनि १ जना निको भइसक्नु भएको छ ।
४ चैतमा बेलायतबाट कतारको दोहो ट्रान्जिट भएर कतार एयरको विमानमा नेपाल आएका बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ बर्षिया युवती र बानपा–३ गौडाकोटी ६५ बर्षिया महिलालाई संक्रमण देखिएको थियो ।
१७ दिन धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा बसि ६५ बर्षिया महिला गत शनिबार निको भएर घर फर्किनु भएको छ । १९ बर्षिया युवती अस्पतालको आइसोलेसनमा रहनुभएको छ । उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।











