
म्याग्दी, ८ बैशाख ।
कोरोना भाइरसको त्रासले ग्रामिण क्षेत्रमा समेत मानिसहरू घरभित्रै बन्दीजस्तै बनिरहेको अवस्था छ । गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा समेत मान्छेहरु कमै उपस्थित हुन्छन् । खेतबारीमा भित्राउने तयारीमार रहेका अन्नबालीहरुलाई लकडाउन सकिएपछि भित्राउने योजना बनाएका बेनी नगरपालिका–३ भकिम्ली तोराखेतका कृषक सोमबार परेको असिनापानीले निरास भएका छन् ।
लकडाउनले सहरबजारमै खाद्यान्नको अभाव भइरहेको अवस्थामा घरआगनदेखि खेतबारीसम्मको सबै अन्नबाली, तरकारी खेती उठाउनै नमिल्ने गरी असिनापानीले क्षती पुगेपछि गाउँले निरास भएको स्थानीय तोपबहादुर खत्रीले बताउनुभयो । भिषणबर्षासँगै परेका बाख्लो असिनापानीको क्षतीको विवरण संकलन गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

भिषण बर्षासँगै परेको असिनापानीले लाखौंको अन्नबाली नष्ट भएको छ । उनका अनुसार गहुँ, केराउ, सुन्तला लगायत तरकारी खेतीमा क्षती पुगेको छ । बेनी नगरपालिका वडा नं २ ज्यारुमककोट र भकिम्ली क्षेत्रमा असिनापानीले असर गरेको छ । ज्यारुमककोटको माथिल्लो क्षेत्रमा समेत असिनाले अन्नबाली नष्ट गरेको स्थानीयले बताएका छन् । गतबर्ष समेत ज्यामरुककोट र भकिम्ली क्षेत्रमा पोकेको धान असिनापानीले नष्ट गरेको थियो ।










