
बल बहादुर रोका
बागलुङ, ८ बैशाख ।
बागलुङको ताराखोला गाउपालिका १ माझखर्क कन्ल्याङका अग्नि पीडित हिराबहादुर रोकालाई विभिन्न ठाउँदेखि १ लाख २५ हजार बढी रकम सहयोग प्राप्त भएको छ ।
वैदेशिक रोजगारिको शिलशिलामा कोरियामा रहेका याम बहादुर रोकाको नेतृत्वमा ५४ हजार ८ सय २४ रुपैयाँ संकलन गरि सहयोग प्राप्त भएको छ ।
त्यस्तै ताराखोला गाउपालिकाबाट २५ हजार र खाध्यान्न, लत्ताकपडा, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जब्बर बहादुर लामिछानेबाट १ हजार रुपैयाँ, रेडक्रस ताराखोला गाउपालिका १ अमरभुमी उपशाखाबाट ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको तेजु रोका मगरले जानकारी दिनुभयो ।
अग्नी पीडित रोकालार्इ रेडक्रस सोसाइटी ताराखोला १ अमरभुमी उपशाखाका सभापती चन्द्रकली रोकाले १० हजार बराबरको खाद्यान्न सहयोग गर्नुभएको छभने चगाडी बाख्रा फर्मका सन्चालक बोमबहादुर घर्तिले १४ हजार ५ सय, प्रजातन्त्र बिकाश माविका प्रधानाध्यापक भिमबहादुर रोकाले ५ हजार, भक्त बहादुर नाइसाले ५ हजार ५० रुपैयाँ, काठेखोला गाउपालिका–४ फापरखेतका तारा पुनले ५ हजार, पर्वत शालिजाका बिनोद पुनले २ हजार, प्रेमप्रसाद गैरे १ हजार, यामकान्त गैरेले १ हजार, सुनुमाया खवासले १ हजार, बालकुमारी घर्तिले १ हजार ५० रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै पीडित रोकालार्इ ताराखोला गाउपालिका–१ अमरभूमिको वडा कार्यालयबाट खाद्यान्न र नेपाल कम्युनिस्ट पार्टि ताराखोलाका अध्यक्ष दिवस खत्री पदमले खाद्यान्न सहित नगद ३ हजार रुपैयाँ, माया पुनले खाद्यान्न सहयोग गर्नुभएको छ ।
२०७६ चैत १२ गते साँझको समयमा रोकाको घरमा आगलागी हुँदा १२ लाख बढीको क्षति भएको थियो । अहिले रोकाको घरको पुननिर्माण भैरहेको छ ।










