गल्कोटका आमा छोराको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ

बागलुङ, ८ बैशाख ।
बागलुङ गल्कोटका आमा छोरोको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
भारतबाट घर फर्केका गल्कोट नगरपालिका–४ को एक परिवारमा आमालाई ज्वरोसहित निमोनिया देखिए पछि आमा छोरौ दुवैको कोरोना परीक्षणको लागि आईतबार नमुना संकलन गरी पोखरा पठाइएको थियो ।
सोमबार दिउँसो कोरोना संक्रमण नभएको अर्थात नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
महिलाको इमर्जेन्सी पोलीक्लिनिक हटियामा उपचार भैरहेको छ । आमा ज्वरोसहित निमोनिया देखिएको छ भने छोरामा कुनै लक्षण देखिएको छैन ।
बागलुङ जिल्लाका चार नगरपालिका र ६ गाँउपालिकामा विदेशबाट आएका, कोरोनाभाइरस शंकास्पद र संक्रमित महिलाहरुको प्रत्यक्ष सम्पर्कंमा आएका १०४८ जनाको कोभिड–१९ ¥यापीड टेष्ट किट मार्फत् परीक्षण गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here