
गुल्मी, ८ बैशाख ।
गुल्मी शान्तिपुर बसपार्कको एक घरमा सोमबार दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरका वडाअध्यक्ष पूर्ण खनालको घरमा आगलागी हँुदा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीमा परि उनका कान्छा छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको छ
पेट्रोलबाट घरमा रहेको पसलमा आगो सल्किएर ३र४ वटा ग्यास सिलिन्डर पड्किएपछि आगो नियन्त्रणमा लिन गाह्रो भएको स्थानीय व्यापारी नरबहादुर वि।कले बताए । आगलागीमा परि घर मालिक पूर्ण खनाल र उनको श्रीमतीलाई उपचारका लागि पाल्पा पठाइएको छ ।










