बागलुङको आश्रयस्थलमा रहेका मजदुरको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

बागलुङ, ८ बैशाख ।
बागलुङको आश्रयस्थलमा रहेका मजदुरको र्‍यापिड डाग्नोष्टिक टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरु कसैलाई पनि कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

रोल्पा, रुकुम, खोटाङ, मुस्ताङ, बागलुङको गल्कोट जान पैदल यात्रा गरि बागलुङ आइपुगेका ५८ जना मदजुरहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।


पोखरा लगायतका स्थानबाट पैदाल यात्रा गरि आएकाले कोरोना संक्रमण भए/नभएको बारेमा धौलागिरी अञ्चल अस्पतालका मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बराल र नगरस्वास्थ्य शाखाको टोलीले उनीहरुको र्‍यापिड टेष्ट गरेको थियो ।
मजदुरहरुलाई जिल्ला प्रहरी कार्यालय र बागलुङ नगरपालिकाले उद्धार गरि साविकको स्थानिय शान्ति समितिको भवनमा र रामरेखा क्वारेन्टाइनमा राखेको थियो ।


उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङले स्थानिय तहहरुसँग समन्वय गरि आजै आआफ्नो घर पठाइने जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here