
बागलुङ, ८ बैशाख ।
जिल्ला प्रहरी कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले आईतबार मालढुंगाबाट उद्धार गरेका मजदुरहरुको र्यापिड किट मार्फत कोरोना परीक्षण गरिने भएको छ ।
पोखराबाट पैदल यात्रा मार्फत आएका रोल्पा, बागलुङ र मुस्ताङका मजदुरहरुलाई आईतबार जिल्लाको प्रवेशद्वार मालढुंगाबाट उद्धार गरि ३३ जनाको र्यापिड किट मार्फत सोमबार (आज) दिउँसो परिक्षण गरिन लागेको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
उहाँले सवै मजदुरहरुको परीक्षण गरिएपछि घरसम्म पु¥याइने जानकारी दिनुभयो । आईतबार दिउँसो रोल्पा जानको लागि १८ जना पैदल आएका मजदुरहरुलाई प्रहरीले उद्धार गरि आश्रय स्थलमा राखेको छभने साँझ बागलुङ, मुस्ताङ र रोल्पा जान हिडेका थप १५ जना मजदुरहरुलाई उद्धार गरि रामरेखा क्वारेन्टाइनमा राखिएको छ ।










