चट्याङले लागेर विनामारेमा २ जना घाईते

बागलुङ, ७ चैत ।
जैमिनी नगरपालिका–५ विनामारेमा आईतबार असिना पानीसहित परेको चट्याङले लागेर २ जना घाइते भएका छन् ।
आईतबार दिउँसो परेको चट्याङले लागेर विनामारेकी धनु कुमारी थापा र अर्जुन थापा घाईते भएको स्थानिय राजु केसीले जानकारी दिनुभयो । धनीकुमारी थापाको अवस्था गम्भिर छभने अर्जुन थापा सामान्य रहेको केसीले जानकारी दिनुभयो ।
दुवै जनालाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइदै छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here