म्याग्दीकी भट्टचनको कोरोना संक्रमणबाट नेदरल्याण्डमा मृत्यु

म्याग्दी, ७ बैशाख ।
कोरोनाको संक्रमणबाट यूरोपेली मुलुक नेदरल्याण्डमा एक म्याग्देलीको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आउनुभएकी लक्ष्मी भट्टचनको उपचारको क्रममा मृत्यु भएको हो । भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
संक्रमणले च्यापेपछि उनलाई अस्पतालमा उपचार भइरहेका बेला उनको निधन भएको थकाली समाज बेल्जियमका सचिव रमेश शेरचनले जानकारी दिएका छन् । कोरोनाको संक्रमण देखिएपछि भट्टचन करिव तिनसाता अगाडी अस्पतालमा भर्ना हुनुभएको थियो ।
४० वर्षीय भट्टचन श्रीमान र २ बच्चा रहेको मोना आइसीका बरिष्ठ उपाध्यक्षम मिम पूर्जाले बताउनुभयो । ‘उहाँको निधनले स्तब्ध भएका छौ,‘एक सामाजिक महिलालाई गुमाउन परेको छ’ पूर्जाले भन्नुभयो । भट्टचनको निधनले मोनाको अभियानमा अपुरणीय क्षती पुगेको बताउँदै कोरोना भाइरसबाट जोगिन सम्पूर्ण म्याग्देलीलाई अपिल समेत गर्नुभएको छ ।
विश्वभर रहेका म्याग्देलीहरुलाई केही समय घरभित्रै बसेर कोरोनाको संक्रमणबाट जोगिन आवश्यक सर्तकता अपनाउ पूर्जाले जोड दिनुभयो । मृतक भट्टचनको माइती मंगला गाउँपालिका–५ अर्मनको टिकावाङ हो । विगत १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएको बताइएको छ । विश्वमा धेरै संक्रमित भएका देशहरुमा म्याग्देलीको बसोबास रहेको छ । केही देशमा म्याग्देली समेत कोरोनाबाट संक्रमित भएको जानकारी आएपनि आधिकारिक पुष्टी हुन सकेको छैन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here