बागलुङका दुई जनाको ‘स्वाव’ परीक्षण गर्न पठाइयो

बागलुङ, ७ बैशाख ।
भारतबाट घर फर्के पछि बिरामी परेका बागलुङ गल्कोटका आमा छोरोको कोरोना परीक्षणको लागि ‘स्वाव’ संकलन गरी पोखरा पठाइएको छ ।
गल्कोट नगरपालिका–४ मा भारतबाट आएका व्यक्तिको आमाको इमर्जेन्सी पोलीक्लिनिक हटियामा भर्ना भएको र निजलाई ज्वरोसहित निमोनिया देखिएको हुँदा आमा र छोराको स्वाव संकलन गरी आईतबार पोखरा पठाइएको हो ।
आमा ज्वरोसहित निमोनिया देखिएको छ भने छोरामा कुनै लक्षण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । दुवै जनाको रिपोर्ट सोमबार आउने गुरौको भनाई छ ।
बागलुङ जिल्लाका चार नगरपालिका र ६ गाँउपालिकामा विदेशबाट आएका, कोरोनाभाइरस शंकास्पद र संक्रमित महिलाहरुको प्रत्यक्ष सम्पर्कंमा आएका १०४८ जनाको कोभिड–१९ ¥यापीड टेष्ट किट मार्फत् परीक्षण गरिएको थियो । उनीहरु सबैको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
हालसम्म जनजागृती मा.वि. गलकोटमा ३ जना र आमासमुहको भवन भिमगिठे बडीगाडमा २ जना गरी ५ जना मात्र क्वारेन्टाइन रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here