
बागलुङ, ७ बैशाख ।
कोरोना संक्रमितको उपचारमा सफलता प्राप्त गरेको धौलागिरी अंचल अस्पताल बागलुङका चिकित्सक, स्वासथ्यकर्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
बागलुङ नगरपालिका–३ गौडाकोट निवासी ६५ वर्षिय मनकुमारी पौडेलको उपचारमा संलग्न रही सफलता प्राप्त गरेको सामाजिक ट्वीटरमार्फत खुःसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शनिबार मात्र डिसचार्ज हुनुभएकी महिलाको दीर्घायुको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ‘दम र उच्च रक्तचापकाट पीडित भएपनि बेडोजको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको छ ।’ दीर्घायुको कामना गर्दछु ।
पौडेलको चौथो स्वास्थ्य परीक्षण रिपोर्ट पनि नेगेटिभ आए पछि शनिबार घर पठाइएको छ । पछिल्लो रिपोर्टसँगै उहाँलाई रोक निको भएको छ । पौडेल अस्पतालबाट डिस्चार्ज भए पनि अझै दुई हप्ता होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।
चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आउनुभएकी पौडेललाई चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । डिस्चार्ज पछि प्रतिक्रिया दिँदै पौडेलले आफ्नो बलियो आत्मविश्वासले कोरोनालाई पराजित गरेको बताउनुभयो ।










