गस्तीका प्रहरीलाई जुस वितरण

बागलुङ, ६ बैशाख ।
बागलुङ बजारमा गस्तीमा खटिएका प्रहरीलाई जुस वितरण गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि सरकारले लकडाउन गरेपछि त्यसलाई कार्यान्वयन गराउन दैनिक गस्ती गरिरहेका प्रहरीलाई जुस वितरण गरिएको हो ।
शुक्रबार सडकका कुकुरलाई खाना खुवाएका बागलुङ नगरपालिका–१ रामरेखाका दुई चेली नितु खड्का र सम्झना कार्की खड्काले त्यसलाई निरन्तरता दिँदै शनिबार दिउँसो गस्तीमा खटिएका प्रहरीलाई समेत जुस वितरण गर्नुभएको हो । उहाँहरुको अभियानलाई आज रामरेखाका रेणु खड्का र सुमन बोहोराले समेत साथ दिनुभएको थियो ।


सधै नागरिकको सुरक्षामा खटिने प्रहरीहरु अहिले कोरोना भाइरसको जोखिम मोल्दै लकडाउन पूर्ण रुपमा पालना गराउन दिनरात नभनी खटिएकोले उनीहरुको हौसला बढाउन जुस वितरण गरिएको ‘फस्ट एड बक्स वेलनेश टिम’की अध्यक्ष समेत रहेकी नितु खड्काले बताउनुभयो ।
शनिबार २ हजार ५ सय रुपैयाँ लागतमा प्रहरीलाई जुस र सडकका कुकुरहरुलाई खाना खुवाएको सम्झना खड्काले जानकारी दिनुभयो । लकडाउनको बेला प्रहरीहरुको मनोवललाई उच्च बनाउनको लागि अभियान संचालन गरेको खड्काले जानकारी दिनुभयो ।


उहाँले प्रहरीलाई पनि कोरोनाको संक्रमण हुन सक्ने भएपनि आमनागरिकको सुरक्षाको लागि जोखिम मोलेर आफ्नो डियुटि गरिरहेकाले हौसला प्रदान गर्न र मनोबल बढाउन जुस वितरण गरिएको बताउनुभयो ।
उहाँहरुले सडकका भुसिहा कुकुरहरुलाई दैनिक खाना खुवाउने कार्यक्रमलाई पनि निरन्तरता दिनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here