बागलुङकी ६५ बर्षिया कोरोना संक्रमित महिलालाई निको भयो

अर्जुन कार्की
बागलुङ, ६ बैशाख
धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई निको भएको अस्पतालले जनाएको छ ।
लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र निको भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
शुक्रबार स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइए पनि शनिबार (आज) दिउँसो मात्र रिपोर्ट आएको हो ।
उनको यसअघि गत बिहिवार गरिएको तेस्रो पटकको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ देखिएको थियो ।
चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको प्रमुख गुरौले जानकारी दिनुभयो । महिलामा दम र उच्च रक्तचामको नियमित औषधि सेवन गर्ने भएपनि अहिले कोरोना निको भएकाले आजै डिस्चार्ज गर्ने अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द वि पोखरेलले बताउनुभयो । उहाँले अस्पतालबाट डिस्चार्ज भएपनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here