काठेखोला र गल्कोटलाई क्षत्री समाजको खाद्यान्न सहयोग

बागलुङ, ५ बैशाख ।
क्षत्री समाज बागलुङले बागलुङको गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ ।
लकडाउन पछि दैनिक मजदुरी गरि बिहान, बेलुकाको छाक टार्ने मजदुरहरुलाई सहयोग गर्ने उद्देश्यले खाद्यान्न प्रदान गरेको समाजका कोषाध्यक्ष धनबहादुर कार्कीले जानकारी दिनुभयो ।
समाजले बिहिबार गल्कोट नगरपालिकालाई र काठेखोला गाउँपालिकालाई शुक्रबार खाद्यान्न सहयोग गरेको हो ।
कोषाध्यक्ष कार्कीका अनुसार गल्कोट नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गर्न ललिता थापालाई र काठेखोला गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्मालाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो ।


समाजले गल्कोट नगरपालिकाको लागि ८ बोरा चामाल, १ प्याक तेल र १ प्याक साबुनदिएको छ भने काठेखोला गाउँपालिकाको लागि ८ बोरा चामाल, १ प्याक तेल र १ प्याक साबुन सहयोग गरेको कोषाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
क्षत्री समाजले विपन्न परिवारको लागि १ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने निर्णय अनुसार सहयोग गरेको जनाएको छ । क्षत्री समाजले यस अगाडी बागलुङ नगरपालिकालाई पनि खाद्यान्न सहयोग गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here