कोरोना निको भएको सुनिश्चित गर्न अर्को ‘स्वाव’

बागलुङ, ५ बैशाख ।
बागलुङकी ६५ बर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आए पछि पूर्ण रुपमा निको भए/नभएको परीक्षणको लागि अर्काे ‘स्वाव’ परीक्षणको लागि पठाइएको छ ।
कोरोना रोग पूर्णरुपमा निको भएको नभएको सुनिश्चतको लागि चौथो पटक स्वास्थ्य परीक्षणको लागि ‘स्वाव’ पोखरा पठाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
धौलागिरी अंचल अस्पताल बागलुङको आईसोलेसन वार्डमा उपचाररत महिलाको बिहिबार कोरोना संक्रमण नभएको रिपोर्ट सार्वजनिक भएको थियो । रिपोर्ट सार्वजनिक भएको २४ घण्टा पुनः अर्काे स्वाव परीक्षण गर्नुपर्ने विधि अनुसार शुक्रबार स्वाव संकलन गरी पठाइएको छ ।
चौथो पटक पनि कोरोना रिपोर्ट भेगेटिभ आएमा डिस्चार्ज गरिने छ ।नेपालको पाँचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ बर्षीया युवतिको भने चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here