
बागलुङ, ४ बैशाख
बागलुङको काठेखोला गाउँपालिकाले लकडाउन अवधिमा दैनिक रोजिरोटी गुमाएका विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
लकडाउन सुरु भए यता गाउँपालिकाले आठ वटै वडाका ५६० परिवारलाई चमल, दाल, नुन, तेल तथा साबुन जस्ता दैनिक खाद्यन्न वितरण गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकका अनुसार ५६० परिवारलाई एक हजार २६६ केजी चामल, एक हजार ६८० केजी दाल, ५६० लिटर तेल र एक हजार १२० केजी नुन वितरण गरिएको छ ।
वडा कार्यालयको तयार गरेको तथ्याङ्गकको आधारमा राहत वितरण गरिएको हो । वडा मार्फत विपन्न परिवार तथा बाहिरी जिल्लाबाट मजदुरीको लागि आएको मजदुरहरुको तथ्याङक संकलन गरी वडा कार्यालय मार्फत नै राहत वितरण गरिएको थियो ।










