बागलुङ नगरपालिकाद्वारा १ सय ६८ जनालाई खाद्यान्न सहयोग

बागलुङ, ४ बैशाख
बागलुङ नगरपालिकाले स्थापना गरेको फुट बैङ्कवाट बिहिवार पनि गरिव तथा मजदुर परिवारलाई राहात प्रदान गरिएको छ ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरि जिवन निर्वाहमा समस्या भएका गरिव तथा मजदुर परिवारलाई राहत बितरणका लागि स्थानिय व्यक्ति र संघसंस्थाको सहयोगमा नगरपालिकाले स्थापना गरेको फुट बैङ्कबाट बिभिन्न वडाका गरि १ सय ६८ जनालाई राहत प्रदान गरिएको हो ।
राहत बितरणको दोस्रो दिन बानपा १ का ४ जना, बानपा २ का २७ जना बानपा ३ का ४० जना, बानपा ४ का ७ जना र सडक मानव १० जना गरि १ सय ६ जना गरिव तथा दैनिक मजदुरी गरि खानेहरुलाई राहत बितरण गरिएको बागलुङ नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत एवँ सुचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उनिहरुलाई प्रति व्यक्ति १० केजी चामल, १ पोका तेल, १ पोका नुन, १ केजी दाल र १ पिस हात धुने सावुन र ५ जना भन्दा बढि व्यक्ति भएका परिवारलाई १ पोका आटा थप गरि प्रदान गरिएको उहाँले बताउनुभयो । राहत बितरणको पहिलो दिन १ सय ४० जनालाई बितरण गरिएको र आगामी दिनमा पनि बितरण गरिने उहाँले बताउनुभयो ।
बिहिवार मात्र १६ सय केजी चामल, १ सय ६३ केजी दाल, १ सय ६२ पोका खाने तेल, १ सय ६१ केजी नुन र १ सय ६३ पिस सावुन बितरण गरिएको जानकारी दिदै सुवेदीले फुट बैङ्कमा कालिका भगवती गुठीले २१ सय केजी चामल, २ सय केजी दाल, १ सय लिटर तेल, १ सय केजी नुन, क्षेत्री समाजले २५ केजीको १५ बोरा चामल, १ प्याक तेल, २५ केजी दाल, १५ केजी नुन १ प्याक सावुन र टोपबहादुर पुनले १ सय केजी चामल, १० केजी नुन, २५ केजी दाल सहयोग गर्नु भएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here