
बागलुङ, ४ बैशाख ।
बागलुङकी कोरोना संक्रमित युवतीसँगको सम्पर्कमा रहेका थप २३ जनाको कोरोना परीक्षणको लागि ‘स्वाव’ संकलन गरिएको छ ।
संक्रमितको सम्पर्कमा रहेको छरछिमेक, साथीभाई तथा आफन्तहरुको ‘स्वाव’ संकलन गरी परीक्षणको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा पठाइएको हो । उनीहरु सम्पर्कमा रहेको २१ दिन बढी भए पनि स्वास्थ्य अवस्थाबारे एकिन गर्न नमुना पठाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
संक्रमित युवतीसँग सम्पर्कमा रहेका परिवारको स्वास्थ्य परीक्षण नतिजा यस अघि नै नेगेटिभ आएको थियो भने सम्पर्कमा रहेको आफन्त तथा साथीहरुमा पनि कुनै लक्षण देखिएको छैन ।
बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेस्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार ४१ जनाको ¥यापिड परीक्षणमार्फत कोरोना जाँच भएको हो ।
सबैको नतिजा नेगेटिभ आएको थियो । ¥यापिट टेस्टमा बिहुँकी एक महिलामा संकास्पद लक्षण देखिए पनि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएको थियो । उहाँलाई काठेखोला भीमसेन माविको क्वारेन्टिनबाट २१ दिनसम्म होम क्वारेन्टिनमा बस्ने सर्तमा घर पठाइएको छ । छिटफुट र संकास्पदको ¥यापिट टेष्ट जारी रहने कार्यालय प्रमुख गुरौको भनाई छ ।










