विरामीसहित यात्रु लिएर बागलुङको बडिगाड आउँदै गरेको एम्बुलेन्स पाल्पामा पक्राउ

बागलुङ, ३ बैशाख ।
पाल्पाको प्रवासबाट १ जना विरामी सहित ८ जना यात्रु लिएर बागलुङको बडिगाड गाउँपालिका आउँदै गरेको एम्बुलेन्स तानसेन नगरपालिका–५ होलाङ्दी पाल्पामा पक्राउ परेको छ ।
निस्ती बडिगाड सामुदायिक विकास केन्द्र गुल्मीले संचालन गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्सले १ जना पेटको विरामी, उनको श्रीमान, १ छोरा र १ छोरी सहित अन्य ४ जना यात्रु लिएर आउँदै गर्दा एम्बुलेन्स सहित चालक डम्बर सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले कोरोना भाइरसको जोखिमको कारण मुलुक लकडाउन भएको बेलामा विरामी बाहेक अन्य यात्रुहरु एक ठाउँबाट अर्को ठाउँमा जान रोक लगाएको थाहा हुँदाहुँदै एम्बुलेन्सले यात्रु बोकेकोले कारवाही गरिएको जानकारी दिनुभयो । एम्बुलेन्सलाई ट्राफिक जरिवाना गरि हिजो मंगलबार नै विरामी महिलासहित उनका श्रीमान, छोरा र छोरीलाई घर पठाएको र अन्य ४ जना यात्रुलाई पाल्पामा नै झारिएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here