बागलुङमा फेरी बढे लकडाउन उल्लंघन गर्नेहरु, १२० जना पक्राउ

राजेशचन्द्र राजभण्डारी
बागलुङ, ३ बैशाख ।
सरकारले कोरोना भाइरस कोभिट १९ लाई लक्षित गरि लगाएको लकडाउन फितलो भएको गुनासो पछि प्रहरी कडा रूपमा उत्रिएको छ । बुधबार दिउँसोसम्म बागलुङ बजारबाट लकडाउन उलंघन गर्ने १२० जनालाई प्रहरीले पक्राउ परेको छ ।
सरकारले लकडाउन अबधिभर घर भित्रै सुरक्षित बस्नु भनेर जारी गरेको निर्देशन बागलुङ जिल्लामा पालना नगरी सडकमा छरपस्ट हिड्नेहरू लाई एकसाथ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।


धमाधम पक्राउ गरि लकडाउन उलंघन गर्नेहरूलाई पक्राउ गरि धौलागिरी बहुमुखी क्याम्पसको प्रांगणमा ३ घण्टा राखी लकडाउन सम्बन्धि सचेतना कक्षा दिएर छोड्ने गरेको थियो । तर अबदेखि लकडाउन उलंघन गर्नेलाई संक्रमण ऐन २०२० दफा २ अनुसार कानुनी कार्वाही गर्ने सुचना अधिकृत हेम बहादुर केसीले बताए । बागलुङमा लकडाउन सुरुभएदेखि आजसम्म ३६० जना भन्दा बढी ब्यक्ति प्रहरी कार्वाहीमा परेका छन्भने दुई दर्जनभन्दा बढी मोटर साइकल र स्कुटि कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले केहि समय पहिलेदेखि लकडाउन उल्लघंन गरि घरबाट बाहिर निस्केका ब्यक्तिहरूलाई पक्राउ गर्दै प्रहरी भ्यानमा राख्ने अभियान शुरूवात गरेपछि छरपस्ट रूपमा घर बाहिर निस्कनमा धेरै कमि आएको थियो । तर लकडाउन उलंघन गर्नेहरुको कमि आएको भन्दै प्रहरीले खुकुलो नीति अपनाएपछि सदरमुकाममा लकडाउन उलंघनका घटना ह्वात्तै बढेर गएको हो । प्रहरी बुधबारदेखि फेरी कडा रुपमा प्रस्तुत भएको छ ।


आइसोलेसनमा घर घरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा घर बाट बाहिर निस्कन शुरू गरेको कारणले एक्सनमा उत्रिनु परेको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीले सरकारले घोषणा गरेको लकडाउन अबधिभर घरमै सुरक्षित बस्न र खाद्यान्न, तरकारी लगायतका सामाग्री समेत खरिद गर्न पसलको नम्बर राखि घरमै मगाउन सुचना जारी गरिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here