बागलुङ नगरपालिकाको ३ वटा वडामा चट्याङले लगेर ६ जना घाइते

बागलुङ, २ बैशाख ।
मंगवार साँझ बागलुङ नगरपालिकाको ३ वटा वडा ठूलो हावाहुरी र पानीसहित परेको चट्याङले लागेर ६ जना घाईते भएका छन् ।
बागलुङ नगरपालिका–६, ७ र ८ मा चट्याङले लागेर पर्वतको कुश्मा नगरपालिका–१ पाङ घर भएकी २४ बर्षिया पिंकी परियार, बागलुङ नगरपालिका–६ घर भएकी १४ बर्षिय प्रेरणा बर्देवा, बागलुङ नगरपालिका–८ सिगानाकी ३१ बर्षिय अनु क्षेत्री, सोही ठाउँकी १६ बर्षिय रसीता क्षेत्री र ९ बर्षिय असिम क्षेत्री तथा बागलुङ नगरपालिका–७ बाटुलेका ८३ बर्षिय आनन्द उपाध्याय घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । पर्वतको पाङकी पिंकी परियार माइतीघर हुन ।
उनीहरु सबैको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको छ । सबैको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here